न्युजिल्यान्ड विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतले \'क्लिन स्वीप\'

  डेटूडे खबर डेस्क
  ०६ मंसिर २०७८

                            

जनकपुरधाम, ०६ मंसिर । न्युजिल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट श्रृङ्खलामा भारतले क्लिन स्वीप गरेको छ ।

कोलकातामा गएराति भएको खेलमा न्युजिल्यान्ड ७३ रनले पराजित भएको हो । भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रन मात्रै बनाउन सक्यो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ५१ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै, न्युजिल्यान्डका लागि टिम सेइफर्टले १७ र लक्की फर्गुसनले १४ रन जोडे पनि अरु खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । भारतका अक्षर पटेलले ३, हर्सल पटेलले २ तथा  दीपक चहार, युजभेन्द्र चहाल र भेन्कातेस ऐरले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो ।

भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय पारी खेले भने  इशान किसनले २९,श्रेयस एयरले २५, दिपक चाहरले २१, भेन्कातेस ऐरले २० रन बनाए । न्युजिल्यान्डका मिचेल स्टाननरले ३ विकेट लिए भने लकी फर्गुनस, एडम मिल्ने, ट्रेन्ट बोल्ट र ईश सोधीले १/१ विकेट लिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट