फिफा विश्वकप २०२२ फुटबलमा पोर्चुगल र इटलीमध्ये एउटा देश नहुने पक्का
डेटूडे खबर डेस्क
११ मंसिर २०७८
जनकपुरधाम, ११ मंसिर । फिफा विश्व कप २०२२ को युरोपेली छनोट प्लेअफमा पोर्चुगल र इटली एकै समूहमा परेका छन् ।
दुवै देश एउटै समूहमा परेसँगै पोर्चुगल र इटलीमध्ये एक देशले मात्रै विश्व कप खेल्न पाउने पक्का भएको छ ।
हिजो भएको 'ड्र' मा इटली र पोर्चुगल समूह 'सी' मा परेका छन् ।
यो समूहमा रहेका इटली, पोर्चुगल, टर्की र उत्तर म्यासेडोनिया मध्ये एउटा टिम मात्रै विश्व कपमा पुग्नेछ ।
पोर्चुगलले टर्की र इटलीले नर्थ म्यासेडोनियासँग खेल्नेछन् । दुई टोलीबीचको विजेताले विश्व कपमा स्थान बनाउने छ, पराजित हुने टोली बाहिरिने छ ।