एम आइ एस अपरेटर तथा फिल्ड सहायकहरुको सम्मेलन कार्यक्रम जनकपुरधाममा सम्पन्न

  डेटूडे खबर डेस्क
  ११ मंसिर २०७८

                            

जनकपुरधाम, ११ मंसिर । शनिवार विहान ९ बजेदेखी दिउँसो ४ बजे सम्म एम आइ एस अपरेटर तथा फिल्ड सहायकहरुको सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

जनकपुरधाम स्थित राजदरवार रिसोर्ट तथा नवरंग होटल मुजेलियामा एम आइ एस अपरेटर तथा फिल्ड सहायक धनुषा समितिको अध्यक्ष शुसिल कुमार यादवको अध्यक्षतामा एम आइ एस अपरेटर तथा फिल्ड सहायक प्रदेश स्तरिय समिति गठन गर्न प्रदेश नं २ का आठ वटै जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकामा कार्यरत एम आइ एस अपरेटर तथा फिल्ड सहायकहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमले एम आइ एस अपरेटर तथा फिल्ड सहायकहरुको प्रदेश स्तरिय समिति गठन भएकोछ । उक्त मितिको अध्यक्ष पदमा सुनिल कुमार सिंह (धनुषा), उपाध्यक्षमा अनिल कुमार यादव (सप्तरी), राजिव यादव (बारा), अरबिन्द कुमार महत्तो (सिरहा), कोषाध्यक्षमा विकास कुमार गुप्ता (महोत्तरी), महासचिवमा जितेन्द्र यादव (पर्सा), सचिवमा विक्की बाबु प्रसाद जयसवाल (रौत्तहट), सदस्यमा भुपेन्द्र कुमार यादव (सप्तरी), गोपाल कुमार साह (रौत्तहट), आशिष कुमार साह (धनुषा), श्रीनिवास चौधरी (बारा), सुनिल कुमार यादव (सिरहा), रिंङ्कु यादव (महोत्तरी), शिवानी सिंह (रौत्तहट), शिव कुमार महत्तो (पर्सा) रहेको फिल्ड सहायक पप्पु साहले डेटूडे खबरलाई जानकारी गराए ।

त्यस्तै राष्ट्रिय स्तरका एम आइ एस अपरेटर तथा फिल्ड सहायक तदर्थ समिति गठन भएको छ । उक्त समितिमा संयोजकमा शुसिल कुमार यादव (धनुषा), सदस्यमा सुरज गिरि (बारा), जलेन्द्र पटेल (रौत्तहट), प्रविण कुमरा शर्मा (महोत्तरी), सरोज कुमार चौलागाई (सर्लाही), रविन्द्र कुमार साह (सप्तरी), मनोज कुमार राउत (पर्सा), उज्जवल विक (सिरहा) रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट