३१६ जनामा कोभिड १९ संक्रमण
डेटूडे खबर डेस्क
१५ मंसिर २०७८
जनकपुरधाम, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३१६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा १२७२७ जनामा गरिएको नमूना परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ६९५४ रहेको छ ।