भारत न्युजिल्याण्डको दोश्रो टेस्ट न्युजिल्याण्डका पटेलले लिए एकै इनिङ्समा १० विकेट भारत ३ सय २५ रनमा अलआउट दोश्रो इनिङ्गमा न्युजिल्याण्ड ६२ रनमा अलआउट
डेटूडे खबर डेस्क
१८ मंसिर २०७८
जनकपुरधाम, १८ मंसिर । भारतसँगको दोस्रो टेष्टको पहिलो पारीमा न्युजिल्याण्डका अजाज पटेलले १० विकेट लिएका छन् । अजाज टेष्ट क्रिकेटको एकै इनिङ्समा १० विकेट लिने तेस्रो खेलाडी समेत बनेका छन् ।
यसअघि भारतका अनिल कुम्ले र इंग्ल्याण्डका जेम्स चाल्र्स लाकरले मात्रै एकै इनिङ्समा १० विकेट लिएका थिए । भारतसँगको दोस्रो टेष्टको पहिलो पारीमा अजाजले ४७ ओभर पाँच बल बलिङ गरेर १ सय २९ रन दिएर १० विकेट लिए । दोस्रो दिनको खाना समयअघि अलआउट हुँदै भारतले ३ सय २५ रन बनाएको थियो ।
भारतका मयंक अग्रवालले एक सय ५० रन बनाए ।
यी दुई देशबीच भएको पहिलो टेष्ट क्रिकेट बराबरीमा सकिएको थियो । न्युजिल्याण्डले ब्याटिङ्ग गर्दै जम्मा ६२ रन मात्र बनाउँदै अल आउट भए दुई जनाको अलावा दोहोरो अंक समेत जोडन सकेन लाथनले १० रन बनाए भने जेमिसनले १७ रन मात्र बनाउँन सक्यो । भारतको तर्फबाट बलिङ्ग गर्दै अश्विनले चार विकेट, मोहम्मद सिराजले ३, अक्षर पटेलले २ र जयंत यादवले १ विकेट लिदै न्यूजिल्याण्डको पारिमा अंकुश लगाउन सफल भए ।
दोश्रो इनिङ्ग ब्याटिङ्ग गर्न आएका अग्रवाल र पुजारा क्रिजमा ६९ रन बनाएर नाबाद रहेका छन् ।