आज सुनको भाउ सात सय बढ्यो
डेटूडे खबर डेस्क
१९ मंसिर २०७८
जनकपुरधाम, १९ मंसिर । सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।
अस्ति शुक्रवार घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि सात सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।