विवाहञ्चमीको महोत्सवको आज तेस्रो दिन, धनुषयज्ञ मनाइँदै

  डेटूडे खबर डेस्क
  १९ मंसिर २०७८

                            

जनकपुरधाम, १९ मंसिर । रामजानकी विवाहपञ्चमी  महोत्सवको आज  तेश्रो दिन जनकपुरधाममा आज धनुष यज्ञ मनाइँदै छ । 

त्रेता युगमा जस्तै आजको दिन धनुष यज्ञमा भगवान रामले सीतासंग विवाहको लागि भगवान पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ ।

जानकी मन्दिरमा आज धनुष यज्ञ गर्ने कार्यक्रम रहेको महन्त रामतपेश्वर दासले जानकारी दिए ।

विवाह पञ्चमीको  (शुक्रवार) पहिलो दिन नगर दर्शन , (शिनवार )दोस्रो दिन फुलबारी लीला,  (आइतवार) तेस्रो दिन धनुष यज्ञ,(साेमवार) चौथो दिन तिलकोत्सव, (मंगलवार) पाँचौँ दिन मटकोर र (बुधवार) छैठौं दिन मंसिर १५ गते राम सीता स्वयंवर तथा विवाह कार्यक्रमगरी  महोत्सवको मनाउने गरिन्छ  ।

रामजानकी विवाहमहोत्सव त्रेता युगमा भगवान रामजानकीको विवाह भएको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ विवाहपञ्चमी महोत्सव मनाईदै आएका छन् ।

तर गत वर्ष कोभिड १९ ले गर्दा  विवाहपञ्चमी महोत्सवमा आउने अतिथिगनलाई राेक लगाईएको थियाे । जसले गर्दा बाहिरवाट आउने  हजाराैँको संख्यामा आउने श्रद्धालु भक्तजन महोत्सवमा सहभागी हुनसकेका थिएन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट