थप ३१५ जनामा कोरोना संक्रमण, ३०४ जना निको

डेटूडे खबर डेस्क
२१ मंसिर २०७८
जनकपुरधाम, २१ मंसिर । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार आठ सय १० जनाको नमुना परीक्षण गरिएकाे थियाे । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ ।
यस्तै थप तीन सय चार जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार दुई सय पाँच पुगेको छ । निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै यही अवधिमा कोरोनाबाट थप दुई जनाको ज्यान गएकाे छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार पाँच सय ४५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख २७ हजार सात सय ५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड पाँच लाख चार हजार सात सय ६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार चार सय ३३ जनाले लगाएका मन्त्रालयले जनाएकाे छ ।