अर्थमन्त्री शर्मासँग भेटेर एमसीसीको टोलीले भन्यो, \'सम्झौता अनुमोदन गरेर कार्यान्वयनमा लैजानुहोस्\'

  डेटूडे खबर डेस्क
  २६ भदौ २०७८

                            

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा एमसीसीका उपाध्यक्ष सुमारले एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको छ साथै एमसीसी नितान्त नेपालको विकास परियोजना सम्झौता भएको पनि दोहोर्याउनु भएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसीको विषयमा राजनीतिक तवरमा छलफल भइरहेको बताउनु भएकाे उहाँको सचिवालयले जनाएको छ​ ।

सचिवालयका अनुसार अर्थमन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा हुनेगरी राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्न सकिने पनि बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट