दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्ने निधिको बचन
डेटूडे खबर डेस्क
२८ मंसिर २०७८
नेपाली काँग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।निधिले निःशर्त सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो,’ सिग्देलले भने ।
