महोत्तरीमा धनमालसहित ६ लाख भन्दा बढीको डकैति
डेटूडे खबर डेस्क
२८ मंसिर २०७८
महोत्तरीको लोहारपट्टी नगरपालिका–८ मा मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी ६ लाख बढीको डकैति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला माैकादेखि मूलढाेका र भित्रीढोका दराजको ताल्चा फुटाई सुनका बाला,तिलहरी लगायत मङ्गलसूत्र गरी ६ लाख १७ हजार बराबरको धनमाल चोरेका छन् । चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी भ्रमरपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले चोरी गर्नेहरूको खोजतलास गरिरहेको छन् ।
