सिरहामा टिपरले माेटरसाइकललाई ठक्कर दिँदा तीन जनाकाे ज्यान गयाे

  डेटूडे खबर डेस्क
  ०२ पौष २०७८

                            

सप्तरी, ०२ पुस । सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । 

टिपरले माेटरसाइकललाई ठक्कर दिँदा सप्तरीको बलान विहुल गाउँपालिका वडा २ दिघियाका मोतीलाल यादव, भतिजा ३० वर्षीय रामकुमार र आठ वर्षीय नाती अभिषेकको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. तपन दाहालले जानकारी दिनुभयो ।

प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले लहान नगरपालिका ३ मा पर्ने लहान ठाडी सडक खण्डमा ठक्कर दिएकाे हाे ।ठक्करबाट एक जना घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट