तोलामा एक हजार बढ्यो सुनको भाउ

  डेटूडे खबर डेस्क
  ०२ पौष २०७८

                            

जनकपुरधाम, ०२ पुस । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। छापावाल सुन आज प्रतितोला १ हजार रूपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन ९३ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन ९२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ। आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट