ट्रकले ठक्कर दिँदा ट्यूसन पढ्न जाँदै गरेका किशोरको मृत्यु
डेटूडे खबर डेस्क
०५ पौष २०७८
सर्लाहीको लालबन्दी नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा ट्यूसन पढ्न जाँदै गरेका एक किशोरको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ख ७९९० नम्बरको ट्रकको ठक्करबाट सर्लाहीकै चन्द्रनगर गाउँपालिका-१ रतनपुरका १७ वर्षीय दीपेन्द्र कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव लालबन्दीमा कोठा भाडामा लिइ स्थानीय जनज्योती माविको कक्षा ९ मा अध्ययन गरिरहेका थिए । सोमबार बिहान ट्यूसन पढ्न जादै गर्दा सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । उनलाई तत्कालै नमूना अस्पताल हरिवन पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलवा पठाइएको प्रहरीको भनाइ छ ।