सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

  डेटूडे खबर डेस्क
  ०६ पौष २०७८

                            

जनकपुरधाम, ०६ पुस । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावल सुनको मूल्य तालोमा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावल सुनको प्रतितोला मूल्य ९३ हजार ८ सय रुपैयाँ थियो ।

मंगलबार तेजावी सुनको मूल्‍य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै सोमबार तोलामा एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य मंगलबार (आज) घटेर एक हजार २ सय ३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट