सुनकाे भाउ सात सय रुपैयाँले बढ्याे

डेटूडे खबर डेस्क
०८ पौष २०७८
जनकपुरधाम, ०८ पुस । सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा ९३ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा सुनकाे भाउ ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।
हिजो तोलामा १२ सय ४५ रुपैयाँ रहेको चाँदी आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।