यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ भने ८ लाख ९ हजार ९२२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ जना रहेका छन् । जसमध्ये ४ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् भने २५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९६ जना आईसीयू र २२ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २० जना कोरोना संक्रमित थपिएका छन् ।