भारतको लुधियानामा रहेको अदालतभित्र बम विस्फोट, दुई जनाको गयो ज्यान
डेटूडे खबर डेस्क
०९ पौष २०७८
जनकपुरधाम, ०९ पुस । भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट भएको छ ।
अदालतको तेस्रो तलामा हिजो दिउँसो भएको बम विस्फोटमा परि दुई जनाको ज्यान गएको छ । अरु चार जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । बम विस्फोट अदालतको तेस्रो तलामा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको थियो ।
वकिलहरुको हड्तालका कारण साधारण दिनको तुलनामा हिजो भिड कम थियो । अदालत भित्र कसले र किन विस्फोट गराएको भन्ने बारेमा अहिलेसम्म खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान भैरहेको सुरक्षा निकायले जनाएको छ ।