गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ११ पौष २०७८

                            

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र एकजना घाइते भएका छन्।

शनिबार राति करिब १० बजे घारिबथान जाने बाँके चौक नजिकै बर्दिवासबाट लालबन्दीतर्फ आउँदै गरेको ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट मोटरसाइकलको पछाडि सवार सुर्खेत जिल्ला घर भई हाल लालबन्दीमा बसेर सेक्युरिटी गार्डको काम गर्दै आएका करिब ५६ वर्षीय भिम गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।

मोटरसाइकल चालक लालबन्दी नगरपालिका–३ का ४२ वर्षीय जितन चौधरी घाइते छन्। चौधरीको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न सवारीसाधनको खोजी तीव्र पारेको छ।

यसैबीच, नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत शनिबार साँझ हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बाटो काट्ने क्रममा साइकलले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाइते लक्ष्मीपुरकी ५५ वर्षीया सैफुल खातुनको उपचारका क्रममा राति प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। महिलालाई ठक्कर दिने साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट