आजदेखि बत्ती गइरहने समस्या समाधान हुन्छ : कुलमान घिसिङ
डेटूडे खबर डेस्क
१६ पौष २०७८
जनकपुरधाम, १६ पुस । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली गइरहने समस्या समाधान हुने दाबी गरेका छन् । विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्नु परेकाले बेलाबेला विद्युत जाने गरेको उनले बताए । शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘विगत ३/४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले आपूर्ति नभएको पनि होइन ।’बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिब साढे १५ सयदेखि १६ सय मेगावाट रहेको उनले सुनाए । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको भन्दै उनले भने, लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरुमा पनि आगलागी भयो।’आजसम्म उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकाले विद्युत जाने समस्या नहुने उनले दाबी गरे
