प्रतिनिधि सभाको बैठक स्थगित

  डेटूडे खबर डेस्क
  १८ पौष २०७८

                            

जनकपुरधाम, १८ पुस । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची थियो । आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ ।

बैठकको कार्यसूची तय गर्ने विषयमा छलफल गर्न बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट