कोरोना र खराब मौसमका कारण एकैदिन विश्वभर ४ हजार ४ सय उडान रद्द

  डेटूडे खबर डेस्क
  १८ पौष २०७८

                            

जनकपुरधाम, १८ पुस । कोरोना भाइरस र खराब मौसमका कारण एकैदिन विश्वभर ४ हजार ४ सय उडान रद्द भएका छन् । हिजो विश्वभर रद्द गरिएका उडानमा २ हजार ५ सयभन्दा धेरै अमेरिकामा रहेको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ ।

वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको सम्पर्कमा आएका कारण क्वरेण्टीनमा छन् । आज धेरैजसो मानिस क्रिसमसको बिदा सकेर घर फर्कँदै थिए । उनीहरुको यात्रा प्रभावित भएको छ । डिसेम्बर २४ यता अमेरिकामा मात्रै १२ हजार उडान रद्द भएका छन् । अमेरिकामा ओमिक्रोन भेरियन्टका कारण कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट