महोत्तरीमा मोटरसाइकल दुर्घटना,एकजनाको मृत्यु
डेटूडे खबर डेस्क
१८ पौष २०७८
महोत्तरी, १८ पुस । महोत्तरीमा आफै चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको ईश्वरपुर–४ भक्तिपुरका ४८ वर्षीय भुवनप्रसाद उपाध्यायको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
शनिवार दिउँसो ३ बजे पूर्व–पश्चिम राजमार्गमा माइस्थान चोक स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ६ प ८३४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनाबाट घाइते भएका उपाध्यायलाई बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
