पाकिस्तानका पूर्वकप्तान माेहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

  डेटूडे खबर डेस्क
  १९ पौष २०७८

                            

जनकपुरधाम, १९ पुस ।  पाकिस्तान क्रिकेट टिमका अलराउन्डर तथा पूर्वकप्तान माेहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । 

हफिजले पाकिस्तानी टिमका लागि ५५ टेस्ट, दुई सय १८ एकदिवसीय र एक सय १९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले १८ वर्षअघि सन् २००३ अप्रिल ३ मा शारजाहमा जिम्बाब्वेसँग खेल्दै क्रिकेट करियरकाे सुरुवात गरेका थिए । पाकिस्तान क्रिकेट बाेर्ड (पीसीबी) काे तर्फबाट जारी गरिएकाे बयानमा माेहम्मद हफिजले भनेका छन्, ‘म आज गर्व र सन्तुष्टिका साथ अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ भन्न गइरहेकाे छु । मैले आफूले साेचेकाे भन्दा धेरै उपलब्धि हासिल गरेकाे छु । मलाई सहयाेग गर्नुहुने साथी खेलाडी, कप्तान, पीसीबीलगायतलाई धन्यवाद भन्न चाहन्छु ।’

पीसीबीका अध्यक्ष रमीज राजाले हफिजले क्रिकेटकाे विभिन्न फर्म्याटमा आफ्नाे काैशल देखाएकाे र करियरकाे अन्त्यतिर टी–२० स्पेशलिस्ट पनि बनेकाे बताएका छन् । हफिजले आफ्नाे लामाे करियरमा तीन एकदिवसीय विश्व कप (सन् २००७, २०११ र २०१९) खेले । उनी पाकिस्तानकाे ६ टी–२० विश्वक कप टिमकाे हिस्सा पनि रहे । उनले तीन च्याम्पियन्स ट्रफी पनि खेले । माेहम्मद हफिजले ३२ अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानी टिमकाे नेतृत्व पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट