नेपालमा थप २४ जनामा \'ओमिक्राेन\' पुष्टि

  डेटूडे खबर डेस्क
  २३ पौष २०७८

                            

जनकपुरधाम, २३ पुष । नेपालमा थप २४ जनामा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्राेन पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

पुस महिनामा ११ सय ४६ पोजेटिभ नमुनाको जिन स्क्रिनिङ गर्दा दुई सय ५० नमुनामा नेगेटिभ जिन स्क्रिनिङ नमुना पोजेटिभ पक्ता लागेकाे थियाे । फेरि ती दुई सय ५० नमुनाको जिन सिक्वेन्सिङ गर्दा २२ प्रतिशत अर्थात् २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि पनि नेपालमा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' फेला परिसकेको छ । योसहित नेपालमा कोराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्रोन' २७ जनामा पुष्टि भइसकेकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट