जनमत पार्टीका कार्यकर्ताहरुद्वारा गरिएको हिंसात्मक गतिविधि बारे मधेश प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण

  डेटूडे खबर डेस्क
  १२ माघ २०७८

                            

जनकपुरधाम । आज राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन विभिन्न स्थानहरुबाट गइरहेका जनप्रतिनिधिहरुको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताहरुद्वारा गरिएको तोडफोड एवं हिंसा जन्य गतिविधि प्रति मधेश प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको जानकारी डेटूडे खबरलाई मधेश प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराउँनुभएको छ ।

मन्त्री साहका अनुसार जनमत पार्टिको पूर्व घोषित विरोधका कार्यक्रमहरु नरहेको अवस्थामा पनि प्रदेश सभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उप-मेयर, जलेश्वर अस्पतालका मे.सु‍. डा.सतिश साह लगायतका व्यक्तिहरु माथि गरिएको संघातिक आक्रमण एवं सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानविन गर्न सम्बन्धित जनप्रतिनिधि एवं चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषी उपर कारवाही गर्न मधेश प्रदेश सरकार तालुक निकायलाई निर्देशित गर्नुभएको छ ।

उनका अनुसार, लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्न अहिंसात्मक तवरबाट आफ्नो विचार एवं अभिमत प्रकट गर्न जनमत पार्टी लगायत सम्वद्ध सबैमा मधेश प्रदेश सरकारले आग्रह गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट