सुनको मूल्यमा निरन्तर गिरावट
.[2].jpg)
डेटूडे खबर डेस्क
१७ माघ २०७८
जनकपुरधाम । गत बुधबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ । सोमबार तोलामा छापावाल सुनको मूल्य चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
आइतबार ९२ हजार २ सय र ९१ हजार ७ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ४० रुपैयाँ तोकिएको छ ।