लागूऔषध गाँजासहित महिला पक्राउ

डेटूडे खबर डेस्क
१७ माघ २०७८
जनकपुरधाम । सर्लाहीबाट एक महिलालाई प्रहरीले लागुऔषध गाँजा सहित पक्राउ गरेका छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर–५ की ३० वर्षीया करिश्मा मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी गराएका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको प्रहरी टोलीले मलंगवा नगरपालिका–७ गणेशिया टोलस्थित सडक खण्डमा प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पुलाई शंका लागि चेकजाँच गर्दा २० किलो ९०० ग्राम लागूऔषध गाँजासहित मोक्तानलाई पक्राउ गरेको छ ।