चितवन कारागारका ११ कैदीको सजाय मिनाहा

डेटूडे खबर डेस्क
०७ फाल्गुण २०७८
जनकपुरधाम । प्रजातन्त्र दिवसको अवसरमा चितवन कारागारका ११ कैदीले सजाय मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसका आधारमा प्रजातन्त्र दिवसको अवसरपारी देशभरका ५ सय १ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिनुभएको छ। जसमध्ये चितवन कारागारका ११ जना कैदीले सजाय मिनाहा पाएका हुन्।
चितवन कारागारबाट सजाय मिनाहा हुने सवारी ज्यान मुद्धाका पाँच ९नवलपरासी पूर्वका २, चितवनका २ र भारतीय १० र कर्तव्य ज्यान मुद्धाका २ ९चितवन र मकवानपुरका १र१० जना रहेका छन् । त्यसैगरी, बहुविवाह मुद्धाका नवलपरासी पूर्वका १, वन पैदावार चोरी निकासी मुद्धाका चितवनका १ र चोरीका मुद्धाका २९गोर्खा र धादिङका १र१० जनाले सजाय मिनाहा पाएका चितवन कारागारका जेलर कमल काफ्लेले जानकारी दिनुभयो ।