मधेस प्रदेशका ज्येष्ठ नागरिकलाई सम्मानित

  डेटूडे खबर डेस्क
  ०७ फाल्गुण २०७८

                            

जनकपुरधाम । मधेस प्रदेशका  सरकारले ८० जना ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ ।

मधेस प्रदेशका  राजधानी जनकपुरधामस्थित  भान्छा घर हाेटलमा आयाेजीत शनिबार  जेष्ठ नागरिक सम्मान कार्यक्रममा प्रदेशका महिला, बालबालिका, मन्त्री बिरेन्द्रप्रसाद सिंहले ज्येष्ठ नागरिकलाई आर्थिक सहयोगका साथै सम्मान प्रदान गर्नुभएको हो ।

प्रदेशका आठवटै जिल्लाका प्रत्येक जिल्लाबाट दश–दश जना आर्थिक सहयोग प्राप्त  गर्नुभएको छ । ज्येष्ठ नागरिकलाई जनही दोसल्ला एवं सम्मानस्वरुप नगद ६ हजार रुपियाँ  सिंहले प्रदान गर्नुभएको छ । 

५ हजार सम्मानस्वरुप र १ हजार गाडी भाडा  खर्च गरी जम्मा ६ हजार रुपियाँ प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रत्येक जिल्लाका ५ जना महिला ५ जना पुरुष गरी १० जनालाई सम्मान प्रदान  गरिएको छ। कार्यक्रममा महिला, बालबालिका, मन्त्री सिंहले ज्येष्ठ नागरिकका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग अझ  गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट