मधेस प्रदेशकाे प्रदेश सभा बैठक बस्दै

डेटूडे खबर डेस्क
१० फाल्गुण २०७८
जनकपुरधाम । मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ ।
प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा अघिल्लो बैठकमा सरकारले प्रस्तुत गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ ।
गएको माघ २६ गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो । यसअघि फागुन एक गतेका लागि आह्वान भएको प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै प्रदेश सभा सचिवालयले स्थगित गरेको थियो ।