कलाकार लामाको निधनप्रति राष्ट्रपतिबाट दुःख व्यक्त

डेटूडे खबर डेस्क
११ फाल्गुण २०७८
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक गायक तथा कलाकार जयनन्द लामाको निधनमा दुःख व्यक्त गरेकी छन् । बुधबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘प्रसिद्ध लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’