ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

  डेटूडे खबर डेस्क
  ११ फाल्गुण २०७८

                            

सुनसरीको कोसी-८ भण्टाबारीमा मंगलबार राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् ।

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२-०३-००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो ।

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट