तीन किलो चाँदीका गहनासहित दुईजना भारतीय नागरिक पक्राउ

  डेटूडे खबर डेस्क
  ११ फाल्गुण २०७८

                            

सशस्त्र प्रहरीले सिरहामा तीन किलो चाँदीको गहना सहित दुईजना भारतीय नगरिकलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार मधुवनी थाना राजनगर १२ का ३८ वर्षीय रञ्जित राय र उनका काका ६१ वर्षीय लखन राय रहेको सशस्त्र प्रहरीले जनाएका छन् । तिनीहरुलाई ३ किलो ५२ ग्राम चाँदीको तयारी गहना र २० हजार भारतीय रकम सहित पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरीको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र नम्बर ७ गण हेड क्वार्टर सिरहाबाट खटेको विशेष टोलीले लहान नगरपालिका–७ दुर्गामन्दिरबाट दुवैजनालाई नियन्त्रणमा लिएको छ ।

चाँदी सहित दुवै जनालाई आवश्यक अनुसनधानका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको नम्बर ७ गण हेड क्वाटर सिराहाका सूचना अधिकारी डिएसपी विनोद थापाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट