सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १२ फाल्गुण २०७८

                            

सप्तरीमा करेन्ट लागेर बुधबार साँझ एकजनाको मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा न्म्बर ९ पत्थरगाडा निवासी ४२ वर्षीय महादेव साहको घरेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पेखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पटाउने क्रममा अचानक करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि राजविराज ल्याइएको थियो ।

उनलाई ल्याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट