महोत्तरीमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

  डेटूडे खबर डेस्क
  १४ फाल्गुण २०७८

                            

महोत्तरी — महोत्तरीको मटिहानीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकरभित्र बम जडान गरिएको हुनसक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

रणभीम गण जलेश्वरको डिस्पोज टोलीले उक्त शंकास्पद वस्तुलाई खाली ठाउँमा लगेर सुरक्षित तबरले डिस्पोज गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

 


कोही कसैलाई डर देखाउन वा तर्साउन उक्त वस्तु राखेको पाइएको महोत्तरी प्रहरीले जनाएको छ । कसले र किन राख्यो भन्ने विषय खोजबिनकै क्रममा रहेको एसपी पंगेनीले बताए ।

शनिबार बिहान १० बजे मटिहानी नगरपालिका कार्यालय धिरापुरको अगाडि शंकास्पद वस्तु फेला परेको थियो । फेला परको ४ घण्टापछि सेनाले सो वस्तु डिस्पोज गरेको छ ।

नगरपालिकाकै अगाडि किन र कसले भन्ने विषयमा शंकास्पद वस्तु राख्यो भन्ने विषय खोजीको विषय भएको मेयर मण्डलले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट