थप १५५ मा कोरोना संक्रमण पुष्टि, ५४० डिस्चार्ज, २ जनाको मृत्यु
डेटूडे खबर डेस्क
१४ फाल्गुण २०७८
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ५ हजार १५२ जनामा गरिएको परीक्षणमा १५५ जनामा संक्रमण देखिएको शनिबार जनाएको हो ।पीसीआर विधिबाट २ हजार २३९ जनामा परीक्षण गर्दा १०१ जना र एन्टिजेन विधिबाट २ हजार ९१३ जनामा परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टायता निको हुनेको संख्या ५४० रहेको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।२४ घण्टामा १ लाख २९ हजार ११९ जनाले खोप लगाएका छन् ।