पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

  डेटूडे खबर डेस्क
  १५ फाल्गुण २०७८

                            

एक १७ वर्षीया गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ ।

अभिनेता शाहले आज आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि तनहुँ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अभिनेता पल शाहले आज दिउँसो १२ः १५ बजे जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका थिए । आत्मसमर्पण गरेका शाहलाई आज नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण, जिल्ला सरकारी वकिल कार्यालयमा बयान र तनहुँ जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट