सम्पत्ती हडपने आड्मा आफ्नो पतिलाई करणीको आरोप लगाएर फसाउँन खोजेको एक महिलाको दाबी
.jpg)
डेटूडे खबर डेस्क
१६ फाल्गुण २०७८
जनकपुरधाम । सम्पत्ती हडपने आड्मा आफ्नो पतिलाई करणीको आरोप लगाएर पक्राउ गरेको हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बस्ने एक महिलाले दाबी गरेकी छिन् ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलको आयोजना गरी २९ वर्षको पति सोनु कुमार भगत जनकपुरधाम वडा नं. ५ बस्ने एक वालिकालाई फाल्गुन ७ गते करणी गरेको झुठा आरोप लगाइ र फाल्गुन ११ गते उनकी पतिलाई फोन गरी बोलाई प्रहरीले समातेर लगेकोमा आफु माथि अन्याय भएको भगतका पत्नी रुबिले बताएकि छिन् ।
जबकि ७ गते सो दिन आफ्ना पति सोनु विरगंज गएको र बेलुकि मात्र घर फर्केका थिए बताइन् ।
रुबिले भनिन् अर्को दिउँसै उठाएर जबरजस्ती करणी गर्न खोजेको हो भने जनकपुर जस्तो ब्यस्त बजारमा देख्नेहरु थुप्रै हुनुपर्ने हो !तर वालिका पक्षका केही सम्प्रदाय विरोधिहरुले वालिक केटीलाई १४ - १६ वर्षकी वालिका भनेर करणी गर्यो भनेर सुनियोजित ढंगबाट मेरो पतिलाई फसाउँन सड्यन्त्र भएको हो बताइन् । यसमा सत्य तथ्य बुझि दोषिलाई कारवाही होस् तर निर्दोषलाई फसाउँने काम नहोस् र मेरो जीवनको सहारा नछिनियोस भनी सम्बन्धित सबैसंग आग्रह गरेकी छिन् ।
उनले भनीन मेरो ससुरा बाले आर्जेको सम्पत्ती जग्गाहरु वर्तमान समयमा करोडौँको मूल्यको भएको छ । त्यसमाथि वितरित समुदायका केही तत्वको कुदृष्टी पहिला देखी नै जमेको छ । सो स्वार्थ पूर्ति गर्न आफ्नो फाइदा उठाउन करणी जस्ता संगित अपराधमा फसाएर हामिलाई उठीबास गराउने सडयन्त्र भएको हो भगतकी पत्नी रुबि बताएकी छिन् ।