२४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण, एकको मृत्यु
डेटूडे खबर डेस्क
१६ फाल्गुण २०७८
जनकपुरधाम । पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टाको अविधमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८ हजार २३५ जना संक्रिय संक्रमित रहेका छन् ।
सोमबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ३७१ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा मृत्यु कोरोनाबाट हुनेको संख्या ११ हजार ९३६ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ८ हजार २१ जना होम आइसोलेसनमा रहेका छन् भने २१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
हाल कोरोनाका बिरामीमध्ये ८० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् पनि मन्त्रालयले जनाएको छ ।