सर्लाहीमा मोटरसाइकल दुर्घटनामा दुई,जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १८ फाल्गुण २०७८

                            

जनकपुरधाम ।  सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

गौरीशंकरबाट बयलबासतर्फ जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई ईश्वरपुर नगरपालिका-१३ स्थित अमुवा खोलाको पुलबाट ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पुलको दाहिने साइडमा ठक्कर दिएर पुलबाट ५ मिटर तल खस्दा मोटरसाइकल चालक महोत्तरीको औरही नगरपालिका-१ बस्ने ३२ बर्षीय चन्दनकुमार साह र पछाडि सवार सर्लाहीको कविलासी नगरपालिका-२ पिपरिया बस्ने २५ बर्षीय रामविश्वास मण्डलको मृत्यु भएको भएको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

दुबैको घटनास्थलमै मृत्यु भएको र शवलाई अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट