रौतहटमा अवैध समान सहित भारतीय नागरीक पक्राउ

डेटूडे खबर डेस्क
१९ फाल्गुण २०७८
रौतहट: रौतहट प्रहरीले भारतबाट भन्सार छली ल्याएका मोबाइल, घडीसहित एक भारतीयलाई बिहीबार पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा ओप्पो कम्पनीको मोबाइल ३ थान, भिभो कम्पनीको मोबाइल १ थान र टाईटन कम्पनीको १४ थान घडीसहित विहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडा सहन नगर पञ्चायत ४ का २८ वर्षीय महम्द हसन आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी सुनीलले मल्लले बताए ।
बरामद समानको मूल्य १ लाख ४४ हजार ८ सय छयसठ्ठी रहेको प्रहरीले जनायो । पक्राउ परेका भारतीय नागरिक आलमलाई थप अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरीले जनायो ।