चितवनमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

  डेटूडे खबर डेस्क
  २० फाल्गुण २०७८

                            

चितवन। चितवनको भरतपुर महानगरपालिका–६, जयनेपालचोकमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ । मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४, राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायब निरीक्षक अर्जुन पौडेलको मृत्यु भएको हो । पौडेलको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार  गए राति करिब ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त  ८८२९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गीतानगरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट