धनुषामा ट्रयाक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु, दुईजना घाइते

  डेटूडे खबर समाचारदाता
  २० फाल्गुण २०७८

                            

२० फागुन, जनकपुरधाम । धनुषामा बालुवा लाेड गरेकाे ट्रयाक्टरले तीन पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु भएकाे छ भने दुईजना घाइते भएका छन् ।

हुलाकी राजमार्गअन्तर्गत कमला नगरपालिका-४ मा शुक्रबार दिउँसो ज.१ त ७१५८ नम्बरकाे ट्रयाक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 ठक्करले स्थानीय ४५ वर्षीया लिलादेवि अरगरियाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

ट्रयाक्टरको ठक्करबाट ६५ वर्षीया सकुन्तीदेवि साह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घाइते भएकी छन् । दुवैलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको धनुषा प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट