एन-प्याबसनमा राजतन्त्र जस्तै सधै एकै जनालाई नेतृत्वमा रहन नदिन घोषणा

डेटूडे खबर डेस्क
२१ फाल्गुण २०७८
जनकपुरधाम । निजी तथा आवासिय विद्यालय एशोसियसन (एन प्याबसन)को आउदो फागुन २२ र २३ गते गण्डकि प्रदेशको नेपालगञ्जमा हुन गइरहेको सातौ महाधिवेशनमा मधेश प्रदेशका प्रतिनिधीहरुले यसपालि उपत्यका वाहिरका नेतृत्व जिताउन लागि परेका छन् ।
छैठौं महाधिवेशनमा अध्यक्षमा पराजित सिरहाका पाण्डव हमाललाई अध्यक्ष पदमा जिताएर एनप्यावसनमा पहिलो पल्ट मोफसलका नेतृत्वका लागि तयारी भइरहेको एन- प्यावसन धनुषा र मधेश प्रदेशका पदाधिकारीहरुले बताएका छन् ।
देश भर जम्मा उन्नाइस भन्दा बढी सदस्यहरु मध्ये मधेश प्रदेशबाट करिव ७ सय भन्दा बढी सदस्यहरु एन- प्यावसनमा रहेपनि उपत्यका बाहिरकाले अहिले सम्मको लागि नेतृत्व पाउन नसक्नु दुःखद रहेको सदस्यहरुको सुझाव छ ।
जनकपुरधामको एन-प्याबसनमा आवद्ध रहेका विद्यालयका सञ्चालकहरुले एक पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हमाललाई जिताउन कुनैै कसर वाँकी नराख्ने बताएका छन् ।
संस्थामा आफ्नो लगानी, प्रतिबद्धता, कर्तव्यनिष्ठता र निरन्तरताका कारण उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकाले उनको पनि सम्मान हुनुपर्ने एन-प्याबसनका निवर्तमान केन्द्रीय उपाध्यक्ष ब्रजेन्द्र मिश्रले जानकारी गराए ।
अध्यक्ष पदका उम्मेदवार हमाल मधेस प्रदेशको सिरहा जिल्लास्थित लहान नगरपालिकाका स्थायी वासी हुन् ।
हमालसँगै एन-प्याबसनको केन्द्रीय अध्यक्ष पदका लागि वर्तमान(नव) महासचिव सुभाष न्यौपानेले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् ।
सम्मेलन मार्फत नरेन्द्र मिश्र स्वयंले साथीहरुको चाहना बमोजिम आफु केन्द्र छोडेर एन-प्याबसन प्रदेशको कमान सम्हाल्ने बताएका छन् ।
उक्त पत्रकार सम्मेलन कार्यक्रममा एनप्यावसन धनुषाका पूर्वपदाधिकारी, पदाधिकारीहरु केन्द्रिय पदाधिकारी सहितको उपस्थिती रहेको थियो ।