महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच पसलमा क्षति

  डेटूडे खबर डेस्क
  २१ फाल्गुण २०७८

                            

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका–८ मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति पुगेकाे छ । 

स्थानीय जगदीशप्रसाद गुप्ताको घरमा बिहान विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

गुप्ताको घरमा मटिहानी नगरपालिका–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको किराना पसलमा बिहान ७ बजेतिर आगो लागेको र दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा निभाइएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

किराना पसलसँगै जोडिएका अरु चार वटा पसलमा पनि आगोले क्षति गरेको छ । मटिहानी नगरपालिकासँग वारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको वारुणयन्त्र पनि हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो । आगलागीबाट झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट