जनकपुरियन लेडिज ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

  डेटूडे खबर डेस्क
  २१ फाल्गुण २०७८

                            

जनकपुरधाम । जनकपुरधाममा शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । जनकपुरधामका विभिन्न क्षेत्रमा कार्यरत/आवद्ध महिला कर्मचारी एवं गृहणिहरुको मैसेंजर समूहमा आवद्ध महिलाहरुको समूह जनकपुरियन लेडिज तथा काव्या हास्पिटलको सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

शिविरमा महिलाहरुमा हुने सर्भाईकल क्यान्सर सम्बन्धी जाँच भइरहेको समूहकी सदस्य रिंकू मिश्र गायत्रीले बताएकी छिन् । “महिलाहरुमा हुने पाठेघर क्यान्सर समस्या प्रायः अन्तिम स्टेजमा नै थाहा लाग्ने गरेको छन् तर अन्तिम स्टेजमा यो रोगको उपचार कठिन हुने चिकित्सकहरुले बताउँछन् ।

सर्भाईकल क्यान्सरको जाँच समयमै भयो भने यसको उपचार गराएर रोग निको हुन सक्ने एकजना विशेषज्ञले बताए” तसर्थ शिक्षा र चेतनाको अभाव भएकोले विपन्न बस्तीका महिलाहरुलाई लक्षित गरेर नि:शुल्क शिविर आयोजाना गरेको मिश्रले जानकारी गराइन् ।  

काव्या हास्पिटलका चीफ एडमिनिस्ट्रेट संतोष सिंह, डाक्टर रश्मि झा सहितका आठ जना एक्सपर्टको टीमले शिविरमा चेकजाँच गरी सहयोग गरेका छन् भने टेन्ट र कुर्सीको सहयोग बाबा टेन्ट हाउसका सोनू कर्णले गरेका छन।

शिविर आयोजनामा विशेष योगदान र सहयोग गरेका जनकपुरधाम वडा नं.७का वडाअध्यक्ष जानकी राम साह लगायत सहभागि सम्पूर्ण व्यक्तित्वमा जनकपुरियन लेडिज ग्रुपको तर्फबाट मिश्रले धन्यवाद व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट