धनुषामा गोली चल्यो, एक युवक गम्भीर घाइते

डेटूडे खबर डेस्क
२२ फाल्गुण २०७८
जनकपुरधाम । धनुषामा एक युवकमाथि गोली प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१९ मा शनिबार राति गोली प्रहारबाट १८ वर्षीय मुकेश मुखिया घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दए।
उनका अनुसार किराना पसलमा बसेर ६/७ जनाको समूह कुराकानी गरिरहँदा एक्कासि उनीमाथि गोली प्रहार भएको थियो। मुखियाको चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको छ। उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको बस्नेतले बताए। गोली कसले प्रहार गरेको भन्ने खुलिनसकेको र अनुसन्धान भइरहेको बस्नेतको भनाइ छ। प्रहरीले घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको जनाएको छ।