सर्लाहीमा राजमार्गछेउ बेवारिसे शव फेला

  डेटूडे खबर डेस्क
  २२ फाल्गुण २०७८

                            

सर्लाही : सर्लाहीको रानीगन्जमा आइतबार मध्यान्ह पूर्व–पश्चिम राजमार्गछेउ शंकास्पद अवस्थामा बेवारिसे शव फेला परेको छ। लालबन्दी नगरपालिका–१७ रानीगन्जस्थित कालिन्जोर पुलको पूर्वतर्फ नाम, ठेगाना खुल्न नसकेको पुरुषको शव फेला परेको हो। पूर्व–पश्चिम राजमार्गको छेउमै सडकको उत्तरतर्फ फेला परेको बेवारिसे शवको परिचय खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

 पूर्व–पश्चिम राजमार्गमा हिँडेका मानिसले शव देखेपछि प्रहरीमा खबर गरेका थिए। मृतकको टाउको र घाँटीमा चोट रहेकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्लाबाट फरेन्सिक टोली र प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर मगाइएको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए। शंकास्पद भएकाले जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाई पनि घटनास्थलमा आइपुगेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट