पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

डेटूडे खबर डेस्क
२२ फाल्गुण २०७८
अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो ।१७ वर्षीया किशोरीले आफू पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् । फागुन १५ मा शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।
शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा शाहविरुद्ध फागुन १५ मा अर्को जाहेरी परेको होनवलपुरमा दिइएको उजुरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उल्लेख छ ।
यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक करणीसम्बन्धी कसुरमा उजुरी दर्ता भएको थियो । पीडित किशोरीले पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक–पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गरेको बताएकी छन् । गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।